बजेटमाथि छलफल : दशैंमा नयाँ नोटको अभावबारे वलीको चिन्ता


Share This


नेपालबहस संवाददाता    73 Views

काठमाडौं । राष्ट्रिय सभामा जारी मन्त्रालयगत शीर्षकको बजेटमाथिको छलफलमा सदस्य कोमल वलीले दशैंमा नयाँ नोटको अभावबारे चिन्ता व्यक्त गरेकी छन्।

त्यसैगरी बैंकहरुले डिपोजिटमा ब्याज कम दिने र ऋणमा बढी ब्याज लिने काममा लगाम लगाउनु पर्ने वलीको माग थियो। राजश्वको दायरा ठूलो र महत्वकांक्षी रहेकोले उठाउन आवश्यक रहेकोतर्फ पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइन्।

भन्सार चुहावट नियन्त्रण गर्न र शेयर बजारलाई सुधार गर्नु आवश्यक रहेको वलीले बताइन्।बादी समूदायलाई आत्मनिर्भर बनाउन बजेटमा कुनै योजना नभएको भन्दै त्यस किसिमको योजना ल्याउन आग्रह गरिन्।

पाँच वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने भन्ने कुराप्रति आशंका व्यक्त गर्दै वलीले नेपालीहरु विदेशमा अलपत्र भइरहेकोले सरकारले दक्ष कामदार विदेश पठाउनतिर ध्यान दिन आग्रह गरिन्।

तपाईको प्रतिक्रिया