डा.केसीलाई भेट्न कांग्रेसका ३ सांसद जुम्लामा


Share This


नेपालबहस संवाददाता    268 Views

जुम्ला । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका तीन सांसद जुम्ला पुगेका छन् । बिहीबार दिउँसो जुम्ला पुगेका संसदहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गएर डा.केसीलाई भेटी कांग्रेसको समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेसका सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमती शाही र कर्णाली प्रदेशका सांसद दिनबन्दु श्रेष्ठ डा।केसीको आन्दोलनलाई समर्थन गर्न जुम्ला पुगेका हुन् ।

Image may contain: 7 people, people standing and people sitting

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएका केसीको स्वास्थ्य अवस्थाबारे पनि सांसदहरुले बुझेका छन् । डा.केसीको उपचारमा संलग्न चिकित्सक टोलीको संयोजक डा.प्रविण गिरीले बताए ।

Image may contain: 5 people, people smiling, people sitting and indoor

गरिब विद्यार्थी र दुर्गम क्षेत्रका लागि आवज उठाएकाले डा.केसीको आन्दोलनमा समर्थन गर्न जुम्ला पुगेका संघीय सांसद प्रकाश रसाईलीले बताए ।

डा.केसी अनसन बसेको स्थल जुम्ला भएकाले पनि कर्णाली प्रदेश सरकारले उनको मागको लागि पहल गर्नुपर्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराएको जनाएका छन् ।

तस्विर -नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीको फेसबुक बाट साभार

तपाईको प्रतिक्रिया