अनसनका विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर, अस्पतालमा भर्ना !


Share This


नेपालबहस संवाददाता    

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल ‘मप’ विश्वविद्यालयमा आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

तीन दिनदेखि आमरण अनसन बसेकामध्ये रोशन बस्नेतको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार विहान वीरेन्द्रनगरको देउती अस्पतालमा भर्ना गरिएको नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । डाक्टरका अनुसार बस्नेतको मुटु र मिर्गौलामा समस्या देखिएको छ ।

विभिन्न ७ बुँदे माग राखेर २१ दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले माग पूरा नभएपछि गत बुधबारदेखि अनसन सुरु गरेका थिए । यता, नेपाल विद्याथर्थी संघले विज्ञप्ति प्रकाशित गरी आमरण अनसनमा बसेका विद्यार्थीहरुको जीवन रक्षाको माग गरेको छ ।

Image may contain: one or more people and people sitting

महासचिव कुन्दन काफ्लेले विज्ञप्ति प्रकाशित गरी विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरिए त्यसबाट उत्पन्न परिस्थतिको जिम्मेवारी विश्वविद्यालय पदाधिकारीले लिनु पर्ने भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया