उपकुलपतिलाई नियन्त्रणमा लिइएकोबारे कांग्रेसले माग्यो सरकारको जवाफ


Share This


नेपालबहस संवाददाता    101 Views

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा विमानस्थलबाट नियन्त्रणमा लिइएकोबारे राष्ट्रिय सभामा नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ।

आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा नियन्त्रणमा लिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए। पाण्डेले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए। ‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमामा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने।

उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे। ‘साढे पाँच बजे उहाँलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने, ‘प्रधानमन्त्रीले भेट्न खोज्नुभएको भनियो। तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो। ८ बजे प्लेन उड्दै थियो। यो निरंकुश घटना भयो।’उनले यो घटनाबाट सरकारको निरंकुश चरित्र उदाङ्गो भएको बताए।

‘यो घटनाको घोर भत्सर्ना गर्छु र वास्तविकता के हो जवाफ दिन म सरकारलाई आग्रह गर्छु,’ पाण्डेले भने। क्यानडा जान लागेका कोइरालालाई शनिबार विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार