‘केपी ओलीको शिरमा दुई तिहाइको श्रीपेचको दम्भ : प्रवक्ता शर्मा


Share This


नेपालबहस संवाददाता    84 Views

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शिरमा दम्भको श्रीपेच टल्किएको टिप्पणी गरेका छन्। अनसनमा बसेका डा गोविन्द केसीलाई राजनीतिमा आएर परिवर्तन गर्न प्रधानमन्त्री ओलीले दिएको सुझावप्रति कटाक्ष गर्दै प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन्।

प्रवक्ता शर्माले मदन भण्डारीले प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दा राजालाई श्रीपेच फुकालेर मैदानमा आउन आग्रह गरेको सन्दर्भ जोड्दै ओलीले अनसनकारीलाई राजनीतिमा आउन आग्रह गर्नु गलत भएको टिप्पणी गरेका हुन्।

‘एउटा समय थियो–श्रीपेच फुकालेर मैदानमा आउन राजालाई सडकबाट लल्कार्नु’भो मदन भणडरीले’, ट्विटमा प्रवक्ता शर्माले भनेका छन्, ‘अर्को समय आयो–सत्तामा रहेका केपीशर्मा ओलीले सडक अनशनमा बसेकालाई राजनीतिमा आउन चुनौती दिनुभयो।’

उनले सरकारको ध्यानाकर्षणसँगै चर्को प्रश्न गर्दै थप भनेका छन्, ‘हेलो सरकार के टल्किएको हो दुई तिहाइको शिरमाथि त्यो ? दम्भको श्रीपेच ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार