दुर्लभ एकसिंगे गैंडाको जोडी चीन प्रस्थान


Share This


नेपालबहस संवाददाता    94 Views

 

काठमाडौं । बिशेष विमानमा नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको जोडी बिहीबार चीन प्रस्थान गर्दै छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा बिहीबार बिहान आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले हस्तान्तरण गरेका एक जोडी गैंडा आजै चीन तर्फ एक विशेष विमानमा सुरक्षाकर्मि सहित प्रस्थान गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए जनाएको छ ।

‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर ति दुवै गैंडालाई आजै चीन पठाइने छ ।

Image result for दुर्लभ एकसिंगे गैंडाको जोडी चीन प्रस्थान

दुई बर्ष अघि २०७३ साल असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखिदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार