फुजेल घटनामा अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल


Share This


नेपालबहस संवाददाता    79 Views

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताए ।

मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उनले भने , “योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।”फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने , “एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।” प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उनले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको बताए ।

अर्को एक प्रसंगमा उहाँले डा गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा केसीलाई काठमाडौँमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताए ।केसीका हुबहु माग सम्बोधन हुन नसक्ने भन्दै उनले अन्तिम फैसला गर्ने अधिकार संसद्लाई भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार