fbpx

अनसनरत डा.केसीसंग सरकारी वार्ता टोलीले औपचारिक सम्वाद गर्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आमरण अनशनरत डा.गोविन्द केसीसँग सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी भएको छ ।

सरकार र डा.केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेको बताएका छन् ।

श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा. केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् । तर, डा.केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् ।

स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा.केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ । जुम्लामा १६ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।

डा. केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ । तर, वार्ताको वातावरण बनाउन सके सहजै काठमाडौं ल्याउन सकिने भएकाले पहल थालेको नेकपाका एक नेताले बताए ।

तपाईको प्रतिक्रिया