fbpx

जबर्जस्ती शिक्षा विधेयक पारित गरे, प्रतिकारमा उत्रन्छौं : गगन थापा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आफूहरूले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी पनि दिए।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दाबी पनि गरे।

नेता थापाले विधेयकलाई पारित गराउने सरकारको रवैया रहेकोे उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पारे।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाइमा आफूहरू विश्वास गर्ने पक्षमा नरहेको पनि बताए।उनले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार