fbpx

डा.केसीको समर्थनमा जुम्लामा नेविसंघद्वारा प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

जुम्ला । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै १६ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले जुम्लाको खलंगामा विरोध प्रदर्शन गरेको छ ।

माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस लगायतका स्नातक तहका कक्षाहरु सुरु गर्नुपर्ने डा.केसीमा मागमा ऐक्यवद्धता जनाउँदै नेविसंघका केन्द्रिय उपसभापति रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत जुम्ला नेविसंघका टोलीले विरोध प्रदर्शन गरेको हो ।

डा.केसीका मागहरु जायज भएकाले तत्काल सरकारले उनको माग सम्बोधन गर्दै उनको जीवनरक्षा गर्नुपर्ने उपसभापति रामप्रसाद अधिकारीले बताए । नेविसंघले निषेधित क्षेत्र तोड्दै डा। केसीको आन्दोलनमा समर्थन जनाएका हो ।

जिल्ला प्रशासन कार्यालयले कार्यालय अगाडिको क्षेत्रलाई निषेधित घोषणा गरेपनि नेविसंघले सो क्षेत्र भित्रै प्रवेश गरेर विरोध र्‍यालि गर्दै खलंगाको कृष्ण मन्दिरमा कोणसभा गरेको थियो । डा.केसीमा मागहरु पुरा नहुँदासम्म नेविसंघ पनि आन्दोलनमा रहने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया