fbpx

नेकपाको बैठक : नियमावली र विधानबारे छलफल !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री निवास बाल्वाटारमा पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक शुरु भएको छ ।

वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ ।

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक राखेको स्रोतले जनाएको छ ।

बैठकमा गोविन्द केसीको अनशन र त्यसलाई लिएर भइरहेको आन्दोलनका साथै सरकारका कामकारबाहीबारे पनि छलफल हुने एक नेताले बताए ।

तपाईको प्रतिक्रिया