fbpx

शिक्षण अस्पतालका निर्देशक दीपक महराले दिए राजीनामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् । उनले चिकित्सा शिक्षा अध्ययन संस्थान ‘आईओएम’ का डीन डा। जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा.महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो ।तर त्रि. वि कार्यकारी परिषद्ले भने अर्को व्यवस्था नभएसम्मका लागि भनेर उनको पदावधी तीन महिनाका लागि थप गरेको थियो ।

जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले बिहीबार काठमाडौं ल्याएको भोलीपल्ट आज निर्देशक महराले राजीनामा दिएका हुन् । उनले आफ्नो पारिवारीक कारण देखाउदै राजिनामा दिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया