fbpx

पेस्तोल र खुडासहित नेपाल तरुण दलका जिल्ला सदस्य पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पेस्तोल र खुडासहित नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पक्राउ परेका छन् ।बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ साढे ७ बजे बर्दघाटको टिसियन चोककाटबाट पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाईको प्रतिक्रिया