fbpx

डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगेका छन् ।

डा.केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए। पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका छन्।

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन सुरु गरेका डा.केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो।

पन्ध्रौँ पटक अनशन बसेका डा. केसीसँग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन।

तपाईको प्रतिक्रिया