fbpx

सरकारी वार्ता टोली र अनसनरत केसी पक्षबीच वार्ता सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अनसनरत डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारको मागलाई लिएर अहिले सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

डा.केसी पक्षले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा अहिले दुई पक्षबीच गम्भीर छलफल भैरहेको छ । सरकारी पक्ष र डा.केसी पक्षधर बीच भएको यो तेश्रो चरणको वार्ता हो ।

वार्ताका लागि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङले पहल गरेका थिए । डा.केसी पक्ष चिकित्सा शिक्षा विद्येयक फिर्ता हुनुपर्ने अडानबाट केही लचिलो भएपछि वार्ताको वातावरण बनेको थियो ।

उक्त विद्येयक अहिले संसदमा विचाराधीन रहेको छ ।

तपाईको प्रतिक्रिया