प्रवक्तापछि नेकपाका पोलिटब्यूरो सदस्य नेतृ उमा पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको बालाजुबाट भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

उनीविरुद्ध काभ्रेमा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोग छ । प्रहरीले केही दिनदेखि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नियन्त्रणमा राखेको छ ।