fbpx

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालमा



नेपालबहस संवाददाता
 




काठमाडौं । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आएका छन् ।  बिहीबार काठमाडौंमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा लुम्बिनी जाने पनि कार्यक्रम रहेको छ ।