प्रधानमन्त्री ओली र भुटानी सरकारप्रमुखबीच भेटवार्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुकबीच भेटवार्ता भएको छ ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका वाङचुकले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक बुधबार विहान काठमाडौं आएका थिए ।

भुटानका प्रधानन्यायाधीशसमेत रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

बिमस्टेक शिखर सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।

तपाईको प्रतिक्रिया