इलामबाट नेकपाका १२ जना कार्यकता पक्राउ


Share This

नेपालबहस संवाददाता    

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ कार्यकर्ता इलामको समाल्बुङ्गबाट पक्राउ परेका छन् । जिल्ला भेलाको तयारी गरिरहेको बेला मंगलबार पक्राउ परेका हुन् ।

इलाम र झापाका जिल्ला स्तरका कार्यकर्ता पक्राउ गरिएको भएपनि प्रहरीले उनीहरुको नाम उपलब्ध गराएन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले उनीहरुलाई अनुसन्धान गर्न पक्राउ गरिएको पुष्टि गरे ।

सरकारले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, समानान्तर जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल शिलुसहित १० जना केन्द्रीय सदस्यलाई पक्राउ गरिसकेको छ ।

यता, सरकारले पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा असन्तुष्ट पक्षलाई वार्तामा बोलाएर समयस्या समाधान गर्नेगरी समिति गठन गरेको छ । तर, अर्कोतर्फ नेकपाका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया