आइपुगिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ‘फोटो फिचर’



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि बंगलादेशकी प्रधानमन्त्री काठमाडौं आइपुगेकी छिन् । उनी बिहीबार बिहान साँढे ९ बजे काठमाडौं आइपुगेकी हुन् ।

हसिनालाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । यस्तै थाइल्याण्डका प्रधानमन्त्री पनि आइसकेका छन् । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको हो ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गरेका थिए ।

 

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •