प्रधानमन्त्री ओली र शेख हसिनाबीच भेटवार्ता, दुई पक्षीय हितका विषयमा कुराकानी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा केहीबेर अघि ओली र हसिनाबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हसिना बिम्स्टेकको चौथो शीखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएकी हुन् ।

बिमस्टेकका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आइसकेका छन् । बिम्स्टेक सम्मेलनको उदघाटन प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो तीन बजे होटल सोल्टीमा गर्ने छन् ।

त्यसअघि बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया