नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न माधवकुमार नेपाल अमेरिका प्रस्थान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ ।

नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया