नेकपा अध्यक्ष प्रचण्ड बिहीबार भारत भ्रमणमा जाने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार भारत भ्रमणमा जाने भएका छन् । बिम्स्टेक सम्मेलनका कारण रोकिएको उनको भ्रमण भारतबाट फर्किएको तीन दिनपछि फेरि अर्को छिमेकी मुलुक चीनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

दुबै छिमेकी मुलुकले नेकपाका अध्यक्षसँग छलफल गर्ने इच्छा राखेकाले जान लागेको प्रचण्डले बताएका छन् । खुमलटारस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, राष्ट्रिय हित र विकास निर्माण बाहेक अरु केही एजेण्डा छैन ।’

प्रचण्ड भारत गएको भोलिपल्ट विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । आईसीडब्लूएको निमन्त्रणमा भारत जान लागेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीका साथै राजनीतिज्ञ, बुद्धिजिवीहरुलाई समेत भेट्ने बताए । भदौ २६ गते प्रचण्ड फर्केपछि तीन दिनपछि ३० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको टोली पनि चीन जाने कार्यक्रम छ । सुरुमा श्रेष्ठ फर्किएपछि प्रचण्ड जाने भनिए पनि सँगसँगै जस्तो तय भएको छ ।

तपाईको प्रतिक्रिया