प्रधानमन्त्री ओली र प्रचण्डबीच आजपनि भेटर्वाता



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । बिहीबार भारत भ्रमणमा जान लागेका पुष्पकमल दाहाल प्रचण्डले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।बुधबार बिहान दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

पछिल्लो समय सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको बेला कामको समिक्षा र पार्टी एकताका बारेमा भेटमा छलफल भएको छ ।

तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच समिक्षा भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसअघि मंगलबार बेलुकी पनि दुवै अध्यक्षबीच भेटवार्ता भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •