पेट्रोलको मूल्य फिर्ता लिन राप्रपा विद्यार्थी संगठनको माग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल आयल निगले पटकपटक गरेको मूल्य बृद्धिप्रति राप्रपा विद्यार्थी संगठनले आपत्ति जनाएको छ । गएरातीदेखि निगमले लागु हुने गरी मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउदै राप्रपा विद्यार्थी संगठनले फिर्ता लिन जोडदार माग गरेको छ ।

विद्यार्थी संगठनका प्रवक्ता छत्र कठायतद्धारा बिहीबार एक विज्ञप्ती जारी गर्दै दैनिक जिवनमा प्रयोग हुने अतिआवश्यक पेट्रोल लगायतको भाउ निगमले बढाएकोमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संठगनले गम्भिर ध्यानकर्षण गरेको छ ।

तपाईको प्रतिक्रिया