वीरगन्ज महानगरपालिकामा मोबाइल एप्स संचालन


Share This

नेपालबहस संवाददाता    

वीरगंज । दुइ नम्बर प्रदेशमा पहिलो पटक स्थानिय निकायले मोबाइल एप्स संचालन गरेको छ । प्रदेशमा एउटै रहेको वीरगन्ज महानगरपालिकाले मोबाइलले एप्लिकेशन सार्वजनिक गरेको हो ।

यो एप्लिकेशनलाई वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगर कार्यपालिकाको बोर्ड बैठकमा सार्वजनिक गरेका हुन् । एप्पलाई सार्वजनिक गर्दै नगर प्रमुख सरावगीले यो मोबाइल एप्सले सेवाग्रहीले पाउने सेवालाई सहज बनाउने आशा व्यक्त गरेका छन् ।

नगर प्रमुख सरावगीले एप्समा रहेका विभिन्न आइकनको माध्यमबाट सेवाको वारेको जानकारी तथा जनताले व्यक्त गरेका गुनासाहरुको बारेमा पनि प्राथमिकताका साथ कार्यवाहि गरिने जानकारी समेत गराएका छन् ।

।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले एप्सबाट महानगरपालिकाको सेवाको बारेमा बुझन र गुनासा समेत दर्ता गर्न सकिने जानकारी गराए । नागरिक वडापत्र देखि महानगरका सबैजसो सूचना यो एप्सको माध्यमबाट नगरवासिले प्राप्त गर्न सकने डा भूसालको भनाइरहेको थियो ।

एप्पसमा रहेका विभिन्न आइकनहरुलाई आउने समयमा सबै सूचनाहरु डाउन लोड गरिदै अझ उत्कृत बनाउने योजना समेत रहेको प्रमुख प्रशासकिय अधिकृत डा भूसालले कार्यक्रममा बताए ।

साथै उनले एप्लिकेशन तयार गर्न सघन सहयोग पुर्याउनु हुने सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव र उनको समग्र टीम र एप्लिकेशनमा विभिन्न सूचना सहितको गुदी भर्ने महानगरका सूचना प्रविधि अधिकृत सतीश चौधरीलाई विशेष धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया