पाँचदिने भ्रमणकालागि सभामुख महरा ल्हासा प्रस्थान



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा शुक्रबार ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ ।

त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्ने भएका छन् । त्यस्तै उनले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली काँग्रेसका रङमति शाही, सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी छन् ।

त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी छन्। उनी यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •