उमालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो ।

क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ । तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको छ ।

आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ । सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया