निजामति कर्मचारी दिवसका अवसरमा ३२ जना सम्मानित


Share This

नेपालबहस संवाददाता    

ज्ञानेन्द्र न्यौपाने /रासस

रसुवा । रसुवा जिल्लामा पहिलो पटक धैरै उत्कृष्ट काम गर्ने निजामती कर्मचारी सम्मानित भएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न कार्यालयका ३२ कर्मचारी सम्मानित भएका छन् ।  सो अवसरमा कर्मचारी मिलन केन्द्रद्वारा ब्याडमिन्टन र कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

Image may contain: 3 people, people standing and outdoor

हालैको पहिराका कारण अवरुद्ध राजमार्ग चलाउन सहयोग गर्ने तथा विपद् व्यवस्थापन मा सहयोग पु¥याउने नेपाली सेना कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीमा सुरक्षा गुल्म र राष्ट्रिय अनुसन्धान कार्यालका साथै रसुवागढी जलविद्युत् आयोजना र रसुवा जिल्ला अस्पतालका डा प्रबल केसीलाई समेत सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

Image may contain: 5 people, people standing and suit
तपाईको प्रतिक्रिया