सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्रीका कुरा आधिकारिक : प्रचण्ड



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ३ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्केका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताएका छन् ।

आज भारत भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘प्रधानमन्त्रीले जे भने, त्यही आधिकारिक हो,’ भनेका हुन् ।

‘मन्त्रीहरूले गल्ती गर्छन् भने कारवाही हुन्छ भन्ने अर्थमा मैले मन्त्रीहरू हेरफेर पनि हुनसक्छन्, भनेको हो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीज्यूले जे हुँदैन भनेका छन्, उनले जे भने त्यही आधिकारिक हो ।’

केही दिनअघि सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले मन्त्रीहरू हेरफेर हुनसक्ने संकेत गरेका थिए । त्यसपछि शनिबार काठमाडौंमा ओयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीहरू हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका थिए ।

साथै उनले आफ्नो भारत भ्रमण सफल भएको पनि बताए । नेपालमा स्थिरता, शान्ति र समृद्धि होस्, भन्ने भारतीय चाहना आफूले पाएको उनको भनाइ छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार