भारत भ्रमणबारे प्रचण्डले गराए ओलीलाई जानकारी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटमा तीन दिने भारत भ्रमणका सन्दर्भमा प्रचण्डले भारतमा भएको भेटवार्ताबारे ओलीलाई जानकारी गराएका छन् ।

सो क्रममा दुई अध्यक्षले प्रचण्डको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि दुई अध्यक्षले गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •