द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन सरकारको आह्वान



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा लगायत द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले असन्तुष्ट एव द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

भदौं ८ गते बसेको मन्त्री परिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपाका नेता पाण्डेयको नेतृत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •