नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण’ पुस्तक सार्वजनिक



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ‘नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक सार्वजनिक भएको छ । बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो ।

काङ्ग्रेसको सिद्धान्त र दृष्टिकोणसँगै बिपीको व्यक्तित्व र कृतित्वसमेत समेटिएको पुस्तक काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लीला कोइरालाले लोकार्पण गरेकी हुन् ।

डा वासुदेव पोखरेलले सम्पादन गरेको ३३६ पृष्ठको पुस्तकमा २० वटा लेख समावेश छन् । पुस्तकमा बिपीको कारागार जीवन, नेपाली काङ्ग्रेस स्थापना र जनक्रान्तिबारे पनि चर्चा गरिएको छ ।

विमोचन कार्यक्रमका अतिथिले पुस्तक गहन एवं ऐतिहासिक भएको भन्दै नयाँ पुस्ताले यसबाट धेरै कुरा सिक्न सक्ने बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •