राप्रपाको केन्द्रिय कार्यसमिति बैठक असोज पहिलो साता



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामि असोजको पहिलो साता बस्ने भएको छ । समसामयिक राजनीति अवस्था तथा पार्टी संगठन र विविध विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य समितिको २ दिने बैठक बस्ने लागेको हो ।

आगामी असोज २ र ३ गते राप्रपाको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौंमा बस्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टी संगठन र विविध विषयमा छलफल गर्न लागिएको सो बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार