तीन डिआइजी एआइजीमा बढुवा, हत्या भएका अन्सारी परिवारलाई १० लाख राहत !


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले एआइजी पद पुर्ति गरेको छ । केही समयअघि सिफारिस भएका तीन डीआईजीलाई सरकारको शुक्रबार राती बसेको बैठकले प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको हो ।

अब डिआइजी पुस्कर कार्की, ठूले राई र धिरु बस्नेत एआईजी भएका छन । कार्की र राई काठमाडौमा भएपनि बस्नेत भने कञ्चनपुरमा निर्मला पन्तको हत्याबारेमा अनुसन्धान गर्न खटिएका छन ।

बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार