fbpx

अखिल क्रान्तिकारी सरकारका विरुद्ध सडकमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी सरकारका विरुद्ध सडकमा उत्रिएको छ।

चाडबाडको मुखमा आएर सर्वसाधरण जनतालाई मार पर्नेगरी सरकारले यातायातका क्षेत्रमा १० प्रतिशत भाडा वृद्धि गरेपछि क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो।

क्रान्तिकारीले बिहीबार नयाँ वानेश्वरस्थित यातायात ब्यवस्था विभागको कार्यालय अगाडि दुई घण्टा धर्ना तथा घेराउ गरेको हो। घेराउपछि क्रान्तिकारीका नेताहरुले यातायात ब्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकाललाई ज्ञापनपत्र वुझाएको क्रान्तिकारीका सचिव पवन कार्कीले जानकारी दिए।

अखिल क्रान्तिकारीको ३ नं. प्रदेश समितिको आयोजनामा भएको प्रदर्शनमा केन्द्रीय उपाध्यक्ष विजय गौतमले सम्बोधन गर्दै बृद्दि गरिएको शुल्क फिर्ता नगरे कडा संघर्षमा उत्रने चेतावनी दिए।

सचिव पवन कार्कीले भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताए।ज्ञापनपत्रमा यातयातमा भएको भाडा वृद्धि तत्काल फिर्ता हुनुपर्ने, विद्यार्थी, अशक्त, जेष्ठ नागरिक आदिलाई दिँदै आएको सहुलियत पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, आरक्षण सिटलाई कडाइका साथ पालना गर्न लगाउने, यातायातको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्नुपर्ने लगायतका माग राखिएको उपाध्यक्ष विजय गौतमले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार