fbpx

खानेपानी मन्त्री मगर भारत प्रस्थान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । खानेपानी मन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छिन् ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सम्मेलनमा खानेपानी मन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइ मन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन भोली (शनिबार)देखि शुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार