fbpx

ओली–प्रचण्ड नभएको मौकामा नेपालको ‘चियापान’ को-को जान्छन् होला ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आफू विदेश गएका बेला प्रदेश इन्चार्ज र नेतृत्व बाँडफाँट गरेपछि रुष्ट बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटीका सदस्यबीच ‘चिया–भेला’ सुरु भएको छ ।

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा केहीबेर अघि सुरु भएको चियापानमा ४५ जना स्थायी कमिटी र केही आमन्त्रित सदस्यसमेतलाई खबर गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

यद्यपि उनले यो विशुद्ध ‘चिया खाने’ कार्यक्रममात्रै भएको दाबी गर्दै कोको आउने भनेर यकिन नभइसकेको बताएका छन् । “दुईजना अध्यक्ष त बाहिरै हुनुहुन्छ, कति मन्त्रालयको काममा व्यस्त हुनुहोला, उपलब्ध साथीहरू आउनुहुन्छ,” उनको भनाइ थियो ।

भेलाबारे प्रकाश पार्दै उनले थपे, “यो कुनै भेला, छलफल होइन, चियापानमात्रै हो । मैले माधव नेपालसँगसमेत कुराकानी गरेको थिएँ, त्यहाँ कुनै औपचारिक कार्यक्रम हुनेछैन ।”

उनले स्थायी कमिटी सदस्यले पार्टी सरकारका कामकारवाहीको बारेमा कुरा गर्न सक्ने भए पनि आयोजकका तर्फबाट त्यस्तो औपचारिक केही नराखिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् । उनी १७ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार