fbpx

विवेकशील साझालाई इमान र ढंग भएका नेतृत्व चाहियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफू नेतृत्वमा रहेको पार्टी अबको निर्वाचनमा निर्विकल्प बन्ने बताएका छन् ।

उनले त्यसका लागि अहिलेदेखि नै संगठन निर्माणलाई तिव्रता दिनुपर्ने बताए । उनले पार्टी नेता कार्यकर्तामा विवेकशील नेतृत्वमा हुनुपर्ने सम्पूर्ण गुणबारे पनि जानकारी गराएका थिए ।

विवेकशील साझा अबको निर्वाचनमा निर्विकल्प : रवीन्द्र मिश्र

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् । कार्यक्रममा अर्का संयोजक उज्ववल थापाले अब देशमा ३६ हजार १३५ जना इमान भएका अनि ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने बताए ।

विवेकशील साझा अहिले संगठन निर्माणको क्रममा देशव्यापी कार्यक्रममा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार