fbpx

धनगढी अनिश्चितकालीन बन्द, लामो दुरीका गाडीहरु साँझमा चल्ने


Share This

नेपालबहस संवाददाता    

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध धनगढीमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ ।

बन्दकर्ताहरुले बिभिन्न स्थानबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको तथा दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको समयमा नचलेको बताएका छन् ।

अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।

उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ । बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ(ठाउँमा परिचालन गरिएको छ ।

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।

आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् ।

त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार