fbpx

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही स्वदेश फिर्ता


Share This

नेपालबहस संवाददाता    

 चीन भ्रमण उपलब्धिमूलक

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।

साताव्यापी चीन भ्रमणपश्चात् शनिबार सुर्खेत आइपुगेका भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिएका छन् ।

“भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन निकै फलदायी बन्यो,” उनले भने, “हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ ।

मुख्यमन्त्री शाहीले भने, “चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति बमोजिम सम्भाव्यता अध्ययन भएलगत्तै प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँछ र केन्द्र सरकारसँगको सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि बढ्छ ।”

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिए ।

यसैगरी द्विदेशीय सीमा नाका निर्माणका बारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको उनले बताए ।

सिचुवान प्रान्तका गभर्नर यिन लिको औपचारिक निमन्त्रणामा गतसाता चार सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न १७ औँ वेष्टर्न चाइना इन्टरनेश्नल फेयर तथा बेल्ट र रोड डेभलेपमेन्ट कन्फेरेन्समा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार