fbpx

मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिलाई ठेकेदार भनेपछि ‘बबाल’


Share This

नेपालबहस संवाददाता    

हेटौंडा। प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकेदार शैलीमा प्रस्तुत नहुन निर्देशन दिएका छन् ।

प्रदेश–३ का जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिँदै भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौँ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ ।’

अधिकांश जनप्रतिनिधिले क्रसर व्यवसायमा लगानी गरेको भन्दै मुख्यमन्त्री पौडेलले अब जनप्रतिनिधिको लगानी सुरक्षाका लागि प्राकृतिक श्रोतसाधनको दोहन गर्न नसकिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले आयोजना गरेको नदिजन्य पदार्थ संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पौंडेलले केही रुपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरेको भन्दैमा कसैलाई पनि प्राकृतिक श्रोतको दोहन गर्ने स्वीकृती नभएको उल्लेख गरे ।

प्रकृतिक श्रोत सबैको साझा भएकोले लगानी गरेको छु भन्दैमा नीति बाहिर गएर कसैले काम गर्न नपाउने मुख्यमन्त्री पौडेले बताए ।

हाल १३ जिल्लाका जनप्रतिनिधि कार्यक्रममा सहभागि भएका छन् । मुख्यमन्त्रीले ठेकेदार शैलीमा प्रस्तुत भएको कुरा बोलिरहँदा सहभागिहरुले एक अर्कालाई हेराहेर गरेको थिए । सो कुरा बोलिरहँदा केही जनप्रतिनिधिहरु गम्भिर मुद्रामा देखिएका थिए ।

राष्ट्रको समृद्धिका लागि तिनै तहको सरकारको सहकार्य आवश्यक रहेको भन्दै स्थानीयतह, प्रदेश र केन्द्र बीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार