fbpx

गृहमन्त्री थापाको राजीनामा माग गर्दै विरोध प्रर्दशन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंमा बुधबार गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नामक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन ।

विरोधमा मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढदै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Image result for गृहमन्त्री थापाको राजीनामा माग गर्दै विरोध प्रर्दशन

प्रर्दशनकारीहरुले निर्मला पन्तको हत्यासम्बन्धि उच्चस्तरीय छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

सरकार बलात्कारसामू झुक्दै गएको प्रर्दशनकारीहरुको आरोप छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर सरकारबिरुद्ध दैनिक प्रर्दशन हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार