fbpx

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औंँ अधिवेशनमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्कबाट आज स्वदेश फर्कदै भएका छन् ।

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो केसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि उनले ग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार