fbpx

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पार्टीको आन्तरिक व्यवस्थापन भद्रगोल भएपछि त्यसलाई व्यवस्थित गर्ने उदेश्यले छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीभित्र देखिएका तीव्र असन्तुष्टिहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल हुने भएको छ ।

कांग्रेस भातृ संगठन नेविसंघको आगामी १६ गतेबाट हुने भनिएको १२औं अधिवेशनको सुनिश्चितता, पार्टी नेता विजयकुमार गच्छदारले देखाएको असन्तुष्टि र पार्टीमा गठन गर्ने भनिएको अनुशासन समिति गठन लगायतका विषयमा छलफल हुने काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

त्यस्तै विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनसक्ने काँग्रेसले जनाएको छ । असोज १९ गते भोली शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो।

यता, नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन कार्तिक १६ गतेबाट सुरु हुने भनेपनि नेविसंघ हेर्ने निर्देशन समितिले विधान र नियमावली पारित नगरेपछि तोकिएको समयमा अधिवेशन नहुने हो कि भन्ने आशंका भएपछि त्यसवारे बैठकले ठोस निर्णय गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार