fbpx

काठमाडौं आइपुगे प्रधानमन्त्री ओली


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको १२ दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्केका छन् । न्यूर्योकमा आयोजित संयुक्क्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित टोली असोज ६ गते अमेरिका प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री ओली अमेरिका हुँदै कोस्टारिकाको पनि भ्मण गरेका हुन् । कोस्टारिकाको शान्ति विश्व विद्यालयले ओलीलाई नेपालको शान्ति सुरक्षामा गरेको योगदानको कदर गर्दै विद्यावारिधिको उपाधि समेत दिएको छ ।

भ्रमणका क्रममा ओलीले अमेरिकाका राष्ट्रपटि डोनाल्ड ट्रम,स्वट्जरल्याडका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेश अर्थात् मोहा सेना पदेई तेको हुसेन लगायत विभिन्न व्यक्तिहरुसंग भेटघाट भएको बताएका छन् ।

१२ दिने औपचारिक भ्रमणमा ओलीसंगै पत्नी राधीका शाक्य,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार बिष्णु रिमाल,परराष्ट्र सचिव शङ्करदास वैरागी तथा सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् । उनी अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा,राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना,रक्षामन्त्री ईश्वर पोखरेल,नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

यसैबिच,

महानगरीय ट्राफिक महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका लागि काठमाडौंका केही बाटाहरु दुईतर्फी रुपमै बन्द गरेको थियो ।

महाशाखाले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश अबको केही समयमा एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी,बालुवाटार आसपास भएर चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा प्रभावित हुने बताएको हो। साथै त्यस समयमा वैकल्पिक मार्ग सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार