fbpx

जनप्रतिनिधि र राजनीतिक दलबीचको दूरी बढ्यो : मुख्यमन्त्री गुरुङ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र समृद्घिका लागि जनप्रतिनिधि र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटका क्रममा जनप्रतिनिधि र राजनीतिक दलबीचको दुरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।

एमाले र माओवादीबीच पार्टी एकता भएको एक वर्ष पुगे पनि पार्टी एकताले अझै पूर्णता पाउन बाँकी रहेको भन्दै प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले पार्टी केन्द्रको निर्णयलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको अन्तरिम विधानअनुसार नै सातै प्रदेशका प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले अब जिल्ला तथा स्थानीय तहलेसमेत पूर्णता पाउने बताए ।

कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण गर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिइने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार