fbpx

बलात्कारले नेकपाभित्र असन्तुष्टि, गृहमन्त्रीलाई ज्ञापनपत्र !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । देशमा एकपछि अर्को गरी बढेका बलात्कारका घटनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र गुट र असन्तुष्टि जन्माएको छ । देशमा शान्ति सुरक्षा ल्याउन नसकेको भन्दै नेकपा असन्तुष्ट समूहले महिला हिंसा, बलात्कारजस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

सो समूहका संयोजक युवराज सफलले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण तरिकाले बाँच्न पाउने नागरिक अधिकारको रक्षा गर्दै निर्मला पन्त र उनीजस्तै अन्य पीडितलाई न्याय दिलाउन र दोषीलाई कारवाही गर्न माग गरेका हुन ।

यस्तै सो समूहले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी निर्माण सम्पन्न नगर्ने ठेकेदार र सो कम्पनीलाई अविलम्ब कारवाही गरी निर्माण सम्पन्न नगरेकोमा क्षतिपूर्तिसमेत तिराउन माग गरेको छ ।

चाडबाडको समयमा हुने कालाबजारी, मूल्यवृद्धि र सामानको कृत्रिम अभाव सिर्जना भएको भन्दै सो समूहले गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउनसमेत आग्रह गरेको छ ।

नेपाल भारत सीमा क्षेत्रमा अपराधी घटना बढेको भन्दै नागरिकको जीउधनको सुरक्षा गर्नसमेत माग गरिएको संयोजक सफलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया