fbpx

हत्यारालाई पक्राउ गर्न नसक्ने नालायक सरकार : सभापति देउवा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।

नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ । उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए ।

अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने उनले बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार