fbpx

प्रधानमन्त्री फेर्ने सहमति भएको छैन : उपप्रधानमन्त्री पोखरेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री फेर्ने सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको भन्दै त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी गरेका छन्।

केही समयअघि भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए।

त्यसलाई बल पुग्ने गरी नेकपाकै एक केन्द्रीय सदस्यले चार बुँदे सहमति भएको र त्यसअनुसार वर्तमान प्रधानमन्त्रीको कार्यकाल अब दुई वर्ष मात्र रहेको भन्दै त्यसपछि सत्ता हस्तान्तरण हुने आशयको टिप्पणी सामाजिक सञ्जालमा व्यक्त गरेपछि व्यापक चर्चा भएको हो ।

उपप्रधानमन्त्री एवम् नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले सचिवालय बैठक सोमबार बिहान बालुवाटारमा बस्ने बताउदै प्रधानमन्त्री फेर्ने कुनै सहमति आजको मितिसम्म नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार